जोडिनुहोस
  • होमपेज
  • कांग्रेसभित्र शेखर पक्षका यी मन्त्रीले सरकार छाड्ने, तत्काल राजीनामा दिन निर्देशन

कांग्रेसभित्र शेखर पक्षका यी मन्त्रीले सरकार छाड्ने, तत्काल राजीनामा दिन निर्देशन

 जेनजी पुस्ताको आन्दोलनमा सोमबार सरकारले गरेको दमनको विरोध गर्दै नेपाली कांग्रेसभित्र सरकार छाड्न दबाब बढेको छ ।

तैपनि सभापति शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन कायमै राख्ने संकेत दिएपछि नेता डा. शेखर कोइराला पक्षका ३ जना मन्त्रीले सरकार छाड्ने भएका छन् । नेता कोइरालाले आफूपक्षीय मन्त्रीलाई तत्काल सरकार छाड्न निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई तत्काल सरकार छाड्न कोइरालाले निर्देशन दिएका छन् ।

नेता कोइरालाले प्रदर्शनकारीमाथि भएको दमनको कडा निन्दा गरेका छन् । गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका