जोडिनुहोस
  • होमपेज
  • ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

काङ्ग्रेस–एमाले सरकारको औचित्य नभएको भन्दै विपक्षीले समेत आलोचना गरेपछि दुई नेताहरू भेट गर्नका लागि जुटेका हुन् । ओलीको सचिवालय सदस्यले खबर हवलाई भने, ‘मन्त्रिपरिषद् बैठकपछि देउबा र प्रधानमन्त्री ओलीबीच छलफल हुन्छ। सायद सामाजिक सञ्जाल खुलाउने विषय र अन्य विषयहरू हुन् । सायद गृहमन्त्री को बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ।’

जेनजी पुस्ताको प्रदर्शनमा हिंसात्मक घटना भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पार्टी पदाधिकारी बैठक समेत राखेका थिए। काङ्ग्रेस बैठकपछि बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको थियो।

यता काङ्ग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले भने राजीनामा पत्र बुझाइसकेका छन्। मन्त्रिपरिषद् बैठक चलिरहेकै बेला सभापति देउबाले केपी शर्मा ओलीलाई फोन गरेर सामाजिक सञ्जाल खुलाउन सल्लाह दिएका थिए । तर ओलीले सभापति देउवाको सल्लाह नमानिकन सामाजिक सञ्जाल खुलाउने मन्त्रिपरिषद्बाट निर्णय गर्न सकेका छैनन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका