जोडिनुहोस
  • होमपेज
  • हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

आज सूर्योदय बिहान ६ बजेर १९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका