जोडिनुहोस
  • होमपेज
  • गोवा आगलागीमा चार नेपालीको पनि मृत्यु (नामसहित)

गोवा आगलागीमा चार नेपालीको पनि मृत्यु (नामसहित)

भारतको गोवामा एक नाइट क्लबमा भएको भीषण आगलागीमा चार नेपालीको पनि जलेर मृत्यु भएको छ । नाइट क्लबमा शनिवार राति सिलिन्डर विस्फोटपछि भएको आगलागीमा २५ जनाको मृत्यु भएको थियो । मृतक मध्ये चार जना नेपाली छन् । आगलागीमा मृत्यु भएका मध्ये २० जना क्लबमै काम गर्ने कर्मचारी रहेको जसमध्ये चार जना नेपाली नागरिक रहेको गोवा पुलिसले पुष्टि गरेको छ ।

घटनामा नेपाली नागरिकहरू चूर्ण बहादुर पुन, विवेक कटुवाल, सुदीप र सविनको पहिचान भएको छ । उनीहरूको नेपालको ठेगाना खुलाइएको छैन ।

यी चारै जना नेपाली नागरिकको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको छ । गोवा सरकारको तर्फबाट नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा सम्पर्क गरी शवलाई नेपाल पठाउन समन्वय भइरहेको गोवा पुलिसले जनाएको छ ।

तटीय राज्यको उत्तरी क्षेत्र अर्पोरामा मध्यराततिर सुरु भएको आगलागीमा ज्यान गुमाउनेहरूमा केही पर्यटक पनि छन् ।

धेरै टिप्पणी गरिएका