जोडिनुहोस
  • होमपेज
  • नारायणीमा डुबेका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

नारायणीमा डुबेका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

काठमाडौं– पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका दुवै जनाको शव चैत्र २७ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

सोही ठाउँ बस्ने १३ वर्षिया दिक्षा सेर्पुञ्जा र ९ वर्षिय स्वपनिल सेर्पुञ्जा चैत २६ गते नुहाउने क्रममा डुबेर बेपत्ता भएको डिएसपी शैलेन्द्र थापाले बताए ।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वपनिल सेर्पुञ्जाको शव ३५ फिट गहिराइबाट बिहान ११:३० बजे र दिक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराइबाट अपराह्न १२:३० बजे निकालिएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका