जोडिनुहोस
  • होमपेज
  • उपत्यकासहित विभिन्न स्थानमा वर्षा, वायुमण्डल केही सफा हुने सम्भावना

उपत्यकासहित विभिन्न स्थानमा वर्षा, वायुमण्डल केही सफा हुने सम्भावना

काठमाडौं । बुधवार दिउँसो काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा हल्का पानी परेको छ । काठमाडौं, झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका क्षेत्रहरूमा मेघ गर्जन र चट्याङसहित पानी परेको हो ।

वायु प्रदूषणका कारण काठमाडौं लगायतका प्रमुख सहरहरूमा हावा सफा नभएको र मानिसहरूलाई स्वास्थ्य समस्या आइरहेको छ । यस बीचमा परेको पानीले केही राहत दिन सक्ने आशा गरिएको छ । पानी परेपछि वातावरणीय स्थितिमा सुधार आउने र वायु प्रदूषणको स्तर घट्ने सम्भावना रहेको छ ।

यस्तो हल्का वर्षाले सास प्रश्वासको समस्याबाट राहत दिनका साथै हावामा रहेको धूलो र प्रदूषणलाई पनि केही कम गर्न मद्दत पुर्‍याउँछ ।

धेरै टिप्पणी गरिएका