जोडिनुहोस
  • होमपेज
  • ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रममा सहभागी हुन पाउने

‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रममा सहभागी हुन पाउने

काठमाडौं- हुवावेले विश्वव्यापी रुपमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको फ्लागसिप कार्यक्रम ‘सिड्स फर द फ्युचर, २०२५ मा नेपालका तर्फबाट सहभागी हुने विद्यार्थीका लागि आवेदन खुला गरेको छ ।

बिल्डिङ अ फुल्ली कनेक्टेड, इन्टेलिजेन्ट वर्ल्ड वाई कल्टिभेटिङ डिजिटल ट्यालेन्ट’ नारासहित सुरु भएको उक्त कार्यक्रम नेपालका विभिन्न कलेज तथा विश्वविद्यालयमा सूचना प्रविधि विषयमा स्नातक तह अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको छ ।

विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरसम्मको पहुँच स्थापित गर्न सघाउने उक्त कार्यक्रममा सहभागी हुन योग्यता पुगेका इच्छुक विद्यार्थीले यही वैशाख २५ गतेदेखि जेठ ११ गते ९मे ७ तारिखदेखि मे २५० सम्म आवेदन दिनसक्ने हुवावे नेपालले जनाएको छ ।

हुवावेको यो कार्यक्रम सूचना प्रविधिमा रुचि राख्ने स्नातक तहमा अध्ययनरत विद्यार्थीका लक्षित गरिएको छ”, हुवावेले भनेको छ, “इनोभेसन, डिजिटलाइजेशन, दिगोपन, उद्यमशीलता तथा सांस्कृतिक आदानप्रदानमा रुचि राख्नेका लागि यो कार्यक्रम तयार पारिएको हो ।” हुवावेले सूचना प्रविधिको अधिकतम उपयोग गरी समाजमा योगदान दिनसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरेको हो ।

नेपालमा आयोजना हुन लागेको यो छैटौँ संस्करणको कार्यक्रम हो । हुवावेले सन् २०१९ देखि नेपालमा यो कार्यक्रम सञ्चालन गरिसकेको छ । नेपालबाट हालसम्म यस कार्यक्रममा १५० जना सहभागी भइसकेका छन् ।

आवेदकहरुमध्येबाट निर्णायक मण्डलले विभिन्न चरणमार्फत सहभागी छनोट गर्छन् । छनोट भएका विद्यार्थीहरु नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् । त्यस अवसरमा उनीहरु वर्कसप, एक्सपोजर भिजिट, अन्तरवार्ता, असाइनमेन्ट र प्रस्तुतिकरणलगायतका चरणमा सहभागी हुनेछन् ।

विभिन्न चरणपछि छनोट हुने उत्कृष्ट विद्यार्थीले चीनमा आयोजना हुने प्रशिक्षण तथा क्षेत्रीय प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त गर्नेछन् । क्षेत्रीय प्रतिस्पर्धामा उत्कृष्ट हुने विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । चीनमा रहँदा उनीहरुले अत्याधुनिक प्रविधि इनोभेसनसम्बन्धी कार्यशालामा भाग लिनेछन् ।

उनीहरुले आफ्नो उद्यमशीलतासम्बन्धी अवधारणा सुनाउने अवसरका साथै हुवावेका तथा अन्य अन्तर्राष्ट्रिय विज्ञमार्फत मेन्टरसिप पनि प्राप्त गर्नेछन् । चीनमा आयोजना हुने कार्यक्रममा १०० भन्दा बढी देशका सूचना प्रविधिमा रुचि राख्ने व्यक्तिहरुसँग विद्यार्थीहरुले साक्षातकार गर्ने अवसर प्राप्त गर्नेछन् । डिजिटल प्रतिभा विकासको इकोसिस्टममा सघाउन, भविष्यका डिजिटल क्षेत्रका नेतृत्वकर्तालाई प्रविधि र अन्तर–सांस्कृतिक अनुभव प्रदान गर्न कार्यक्रम सफल हुने विश्वास गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले अन्तर्राष्ट्रिय ब्राण्डसँग काम गर्न पाउने अवसर प्राप्त गर्नेछन् । हुवावेका अनुसार सहभागीहरुले कृत्रिम बौद्धिक ९आर्टिफिसियल इन्टेलिजेन्स०, फाइभजी, ग्रीन टेक र पछिल्लो समय सूचना प्रविधिमा विकसित जानकारी हासिल गर्नेछन् ।

सन् २००८ मा थाइल्याण्डबाट सुरु भएको यस कार्यक्रमबाट हालसम्म १४२ देशका १९ हजारभन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित भइसकेका छन् । हुवावेका अनुसार योग्यता पुगेका इच्छुकले हुवावे नेपालको फेसबुक पेजमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् । साथै कातालभउब२िजगबधभष्।अयm झबष् िमार्फत थप जानकारी लिन सक्नेछन् ।

सन् १९८७ मा स्थापना भएको हुवावेले हाल १७० भन्दा बढी देशमा सूचना प्रविधिको पूर्वाधार तथा स्मार्ट डिभाइसमा काम गर्दै आएको छ । साथै विगत २५ वर्षदेखि नेपालको सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको हुवावेले नेपालमा सूचना प्रविधिको पहुँच विस्तार, रोजगारी सृजनाका साथै डिजिटल समावेशिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कम्पनीले विपद् व्यवस्थापन, ऊर्जा तथा विभिन्न शैक्षिक कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ ।

धेरै टिप्पणी गरिएका