जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • पार्टी अध्यक्ष ओलीसहित नेताहरूमाथिको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

पार्टी अध्यक्ष ओलीसहित नेताहरूमाथिको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

काठमाडौं– एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरूमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १३ वैशाखमा झापामा ओलीसहित सुवास नेम्वाङसहित एमालेका नेतामाथि आक्रमण भएको विषयमा गृहमन्त्रीको जवाफप्रति चित्त बुझाउन नसकिएको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । अध्यक्ष ओली पाँचथरमा रहेका र त्यहाँको शान्ति सुरक्षा राम्रो नभएकाले कुनै अप्रिय घटना भए सरकारलाई महँगो पर्ने उनले चेतावनी दिए । 

झापामा ओलीमाथि भएको सांघातिक आक्रमणको प्रयासमा सत्तारुढ दलका कार्यकर्ताको संलग्नता रहेको सूचना आएको भन्दै उनले भने, अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?

 नेतामात्र होइन आमनागरिकमाथि आक्रमण भएको र हत्या भएको भन्दै उनले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको हो भन्दै प्रधानमन्त्रीसँग प्रश्न गरे । 

दिनदहाडै कपनमा पसलमै निरा पाण्डे आचार्यको हत्या भएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले देशभर सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्