जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार बैठक सोमबार बिहान ९ बजेदेखि सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्नेछ।

बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई सहभागी हुन निमन्त्रणा गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्को प्रभावकारी सञ्चालन तथा राष्ट्रिय सरोकारका विषयमा छलफल हुने जनाइएको छ।