जोडिनुहोस
  • होमपेज
  • पशुपति क्षेत्र विकास कोषका कर्मचारी बर्खास्त, आर्थिक अपचलनको आरोप

पशुपति क्षेत्र विकास कोषका कर्मचारी बर्खास्त, आर्थिक अपचलनको आरोप

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले आर्थिक हिनामिना र अपचलनमा संलग्न एक कर्मचारीलाई बर्खास्त गरेको छ। कोषका सदस्यसचिव डा मिलनकुमार थापाका अनुसार ३६ लाख ५० हजार ९५५ रुपैयाँ हिनामिना गर्ने लेखापाल ईश्वरबहादुर दवाडीलाई बर्खास्त भएका हुन्।

सदस्यसचिव थापाले कोषभित्र आर्थिक सुशासन र पारदर्शिताको प्रत्याभूति गर्न आर्थिक अपचलन र हिनामिनामा संलग्न कर्मचारीलाई कारबाही गरेको बताए। ‘भगवान् पशुपतिनाथको सेवा गर्ने जिम्मेवारी पाएकै व्यक्तिबाट आर्थिक अनियमितता भएको खुलेपछि कारबाही गर्नुको विकल्प रहेन’, उनले भने।

उनका अनुसार लेखापाल दवाडीले कोषको आम्दानी रकम तोकिएको खातामा जम्मा नगरी आफूले मासेर हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेकाले कारबाही गरिएको हो । २०४४ सालमा कोषको ऐन जारी भएयता केही कर्मचारीलाई निलम्बन गरिए पनि आजीवन अयोग्य हुने गरी बर्खास्त गरिएको यो पहिलो निर्णय हो।

कारबाहीमा परेका दवाडीले वैशाख २३ गते स्पष्टीकरण पेश गरी हिनामिना गरेको बेहोरामा साबिती भई केही रकम जम्मा गराएको बताएका थिए । कोषका अनुसार उनीसँग आठ लाख ९३ हजार ४३८ रुपियाँ लेखापाल  असुल गर्नुपर्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options