जोडिनुहोस
  • होमपेज
  • पश्चिम गेटबाट सिंहदरबार छिरे प्रदर्शनकारी

पश्चिम गेटबाट सिंहदरबार छिरे प्रदर्शनकारी

काठमाडौँ – जेन-जी आन्दोलनको दोस्रो दिन मङ्गलबार प्रदर्शनकारीहरू मुलुकको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबार प्रवेश गरेका छन्‌ ।

सिंहदरबारको पश्चिम गेटबाट प्रदर्शनकारी भित्र पसेका हुन्‌ । गेटमा आक्रमण गर्दै प्रदर्शनकारीहरू सिंहदरबारभित्र छिरेको कर्मचारीहरूले बताएका छन्‌ । जेन-जी प्रदर्शनका क्रममा सोमबार सरकारले दमन गर्दा १९ प्रदर्शनकारीको ज्यान गएको छ, सयौँ घाइते छन्‌ ।

मङ्गलबार भइरहेको आन्दोलन नियन्त्रणबाहिर छ । प्रदर्शनकारीहरूले नेताका घर, सरकारी कार्यालय र मन्त्री निवासमा समेत आगजनी गरेका छन्‌ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका