जोडिनुहोस
  • होमपेज
  • अल्टिमा क्रेजी ११.११ : नयाँ उत्पादन र विशेष अफरसहितको सेल

अल्टिमा क्रेजी ११.११ : नयाँ उत्पादन र विशेष अफरसहितको सेल

नेपालको नम्बर एक अडियो र लगाउने उपकरण ब्राण्ड अल्टिमा लाइफस्टाइल आफ्नो सबैभन्दा ठूलो ‘अल्टिमा क्रेजी ११.११’ बिक्री सुरु गर्न लागेको छ । नोभेम्बर १० देखि २१ सम्म चल्ने यस अफरमा ग्राहकहरूले सबै उत्पादनमा वर्षकै सबैभन्दा ठूलो छुट पाउनेछन् । यस वर्षको बिक्रीमा नया उत्पादनहरू, ७० प्रतिशतसम्म छुट, विशेष भौचर र छिटो खरिद अफर राखिएको छ ।

छिटो खरिद अफर केवल दराज बाट मात्र उपलब्ध हुनेछ । नया“ उत्पादनहरूमा अल्टिमा बूम एक्स १ प्रो कानमा लगाउने सानो उपकरण, अल्टिमा घडी नेभिगेटर र अल्टिमा एटम १९२ प्रो कानमा लगाउने उपकरण रहेका छन् । बूम एक्स १ प्रो रु १ हजार २९९, घडी नेभिगेटर, ४ हजार ९९९ र एटम १९२ प्रो १ हजार ६९९ मा उपलब्ध हुनेछ ।

नोभेम्बर ६–९ बीच दराजमा उत्पादन कार्टमा राख्ने ग्राहकहरूले थाईल्याण्डको जोडी यात्रा जित्ने मौका पाउनेछन् । अफर र उपलब्धता हेर्न दराज, अल्टिमा वेबसाइट र अल्टिमा स्टोरहरू कौशलटार, पुतलीसडक, पुल्चोक र बानेश्वरमा जान सकिन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका