जोडिनुहोस
  • होमपेज
  • बुढानीलकण्ठबाट क्रिप्टो कारोबारमा संलग्न २३ जना पक्राउ

बुढानीलकण्ठबाट क्रिप्टो कारोबारमा संलग्न २३ जना पक्राउ

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार साँझ बुढानीलकण्ठस्थित एक घरमा छापा मारी २३ जनालाई पक्राउ गरेको छ ।

एसएसपी विश्व अधिकारीको नेतृत्वमा खटिएको टोलीले क्रिप्टोकरेन्सी, अनलाइन जुवा, सट्टेबाजी तथा ठगी जस्ता अवैध गतिविधि भइरहेको सूचना पाएपछि छापा मारेको थियो । प्रहरीले पक्राउ परेकाहरूलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।

एसएसपी अधिकारीका अनुसार उक्त घरमा लामो समयदेखि अवैध अनलाइन कारोबार भइरहेको आशंका गरिएको थियो । प्रहरीको कारबाहीका क्रममा उनीहरूको साथबाट ८८ वटा मोबाइल र १० वटा ल्यापटप समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेहरूमध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond