जोडिनुहोस
  • होमपेज
  • एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ।

एक महिनाको अवधिमा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएर नयाँ रेकर्ड कायम भएकाे हाे।

२०८२ वैशाखमा मात्र विप्रेषण आप्रवाहले कीर्तिमान बनाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यसअघि एकै महिनामा यो मात्रामा रेमिट्यान्स भित्रिएको थिएन।

चैत मसान्तसम्म नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। बैशाख मसान्तसम्म आइपुग्दा यो रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो।

यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १६.९ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Bonuses and Promo Codes for Indian Players