जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ

त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्ने निर्णयप्रति नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कडा आपत्ति जनाएको छ। नेविसंघले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको सहभागिताविना बैठक आयोजना गर्नु लोकतान्त्रिक मूल्य र विश्वविद्यालयको प्रक्रियाको अपमान भएको टिप्पणी गरेको छ।

ूविद्यार्थीको सहभागिता विना हुने कुनै पनि निर्णय विद्यार्थी समुदायप्रति गम्भीर अपमान हो,ू विज्ञप्तिमा भनिएको छ, ूयसले विश्वविद्यालयमा स्थापित लोकतान्त्रिक मूल्य र विधिलाई कमजोर बनाएको छ। असार २६ गतेका लागि तय गरिएको सिनेट बैठकमा विधिवत् निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई समावेश नगरिएको भन्दै नेविसंघले बैठकलाई अमान्य ठहर गर्दै निर्णय पुनरावलोकन गर्न त्रिवि प्रशासनलाई आग्रह गरेको छ।

त्यस्तै, उपकुलपति नियुक्तिका विषयमा पनि नेविसंघले असन्तुष्टि जनाउँदै योग्यताको मूल्यांकन बिना सिफारिसको आधारमा गरिएको नियुक्तिलाई अलोकतान्त्रिक भनेको छ। विद्यार्थी समुदायले पारदर्शिता र योग्यताका पक्षमा हस्ताक्षर अभियानमार्फत आवाज उठाउँदा समेत बेवास्ता गरिनु दुःखद हो,ू नेविसंघले जनाएको छ।

नेविसंघले विद्यार्थीको आवाजलाई निरन्तर बेवास्ता गरिएमा चरणबद्ध आन्दोलनको बाटो रोज्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК