जोडिनुहोस
  • होमपेज
  • कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने र संविधानलाई सही मार्गमा ल्याउने एक मात्र बाटो भएकाले यसमा कुनै अलमल नरहेको स्पष्ट पारेका छन्।

नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकिएको र कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय रहेको उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ,’ उनले लेखेका छन्, ‘यसमा कसैले पनि द्विविधा नराखौँ ।’

कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल चुनावको विषयमा नभएर अधिवेशनको विषयमा मात्र भएको उनले प्रस्ट पारेका छन् ।

‘निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो,’ थापाले लेखेका छन्, ‘‘अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options