
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति शुक्रबार सिंगापुरबाट स्वदेश फर्कदैछन् ।
उनीहरू कात्तिक १० गते थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । उनीहरू दुबै जनाको शुक्रबारका लागि टिकट काटिएको छ । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका सिंगापुर प्रस्थान गरेका थिए ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । त्यसपछि उनीहरूको सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो ।
देउवा दम्पत्ति कुन रोगको उपचारका लागि सिंगापुर पुगेका हुन भन्ने जानकारी गराइएको छैन। उनीहरूको सिंगापुरमा कुन अस्पतालमा उपचार भएको भन्ने पनि जानकारी सार्वजनिक भएको छैन।
जेन जी घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका थिए ।
उक्त बैठकमा सम्बोधन गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए ।




































