जोडिनुहोस
  • होमपेज
  • नेपालमा वर्ल्डलिंकको ‘सिक्सजी’ वाईफाई सेवा सुरु, फाइजीभन्दा चार गुणा तीव्र

नेपालमा वर्ल्डलिंकको ‘सिक्सजी’ वाईफाई सेवा सुरु, फाइजीभन्दा चार गुणा तीव्र

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ पुस्ताको वाईफाई प्रविधि ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ । नक्सालस्थित होटेल म्यारियटमा आयोजना गरिएको विशेष समारोहमा उक्त प्रविधिको औपचारिक शुभारम्भ गरिएको हो । वर्ल्डलिंकले प्रस्तुत गरेको वाईफाई सिक्स प्रविधि अहिलेको वाईफाई फाइजीभन्दा ४० प्रतिशत बढी दायरा र चार गुणासम्म तीव्र गतिको क्षमता प्रदान गर्ने जनाइएको छ । यसले घरदेखि कार्यालयसम्मको इन्टरनेट प्रयोगलाई अझ सहज, भरपर्दो र स्थिर बनाउने कम्पनीको दाबी छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले नयाँ प्रविधिको उद्घाटन गर्दै भने, “वाईफाई ६ नेपाललाई स्मार्ट, छरितो र प्रभावकारी डिजिटल युगतर्फ लैजाने महत्त्वपूर्ण कदम हो । वर्ल्डलिंक सधैँ ग्राहक सन्तुष्टि र नवप्रवर्तनमा अग्रसर रहन्छ ।” सन् १९९५ मा आफू अमेरिका पढ्दै गर्दा स्थापना गरेको कम्पनी आज सिक्सजी लन्च गर्न सफल भएको उनको भनाइ छ ।

त्यस अवसरमा नोकियाका प्रतिनिधिले विश्व बजारमा वाईफाई ६ प्रविधिको प्रभाव र नेपालमा वर्ल्डलिंक–नोकिया सहकार्यले ल्याउने सम्भावनाबारे प्रकाश पार्दै नेपालमा अन्तर्राष्ट्रियस्तरको इन्टरनेट सेवा विस्तारमा यसले टेवा पुर्‍याउने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका