जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतलाई स्वास्थ्य बीमामा समेटिने

स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतलाई स्वास्थ्य बीमामा समेटिने

सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने बताएका हुन् ।

स्वास्थ्य सेवालाई सुलभ र पहुँचयोग्य बनाउन पूर्वाधार विस्तारसँगै सेवा प्रदायक अस्पताल, चिकित्सक, स्वास्थ्य जनशक्ति र सेवाग्राहीबीचको असन्तुलन हटाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका