
काठमाडौं। प्रहरीले व्यवसायी दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्याएको छ। काठमाडौं ल्याउने क्रममा उनलाई हतकडीसहित विमानस्थल लगिएको हो।
बोर्डिङ पास भइसकेका प्रसाईं र उनका सुरक्षाकर्मी दीपक खड्का बुद्ध एयरको विमान चढेर काठमाडौं आउँदै छन्।
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि फरार रहेका प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरिएको थियो। त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो। विमान चढ्ने क्रममा उनले आफू पक्राउ परेको बताएका छन्।
प्रसाईंलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो।





































