जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईंले भिडियो खिचेको मन्दिर आसाममा भेटियो

दुर्गा प्रसाईंले भिडियो खिचेको मन्दिर आसाममा भेटियो

राजावादी हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू काठमाडौँमै रहेको दाबी गर्दै बनाएको भिडियो सन्देशमा देखिएको मन्दिर आसाममा भेटिएको छ ।

त्यसबेला उनी भारतको आसाम राज्यस्थित वास्का जिल्लामा एक नेपाली मूलका नागरिकको घरमा लुकेर बसेका थिए ।

नेपाल प्रहरीको विशेष ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोलीले गरेको लामो समयको अनुसन्धान पश्चात् उनी त्यहाँ लुकेर बसेको अवस्थामा फेला पारेका हुन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रसाईंले जारी गरेका दुई भिडियो सन्देश सोही ठाउँमा खिचेको पाइएको छ ।

प्रसाईंले गत बुधवार दोस्रो भिडियो सन्देश सार्वजनिक गरेका थिए, जसमा पृष्ठभूमि एडिट गरिएको थियो । सो भिडिओ खिचेको स्थान समेत पत्ता लगाएको उनले बताए ।

उनले पछि प्रमाण हुने भएकाले त्यस ठाउँका तस्बिरहरू समेत ल्याइएको बताए ।

तीनकुनेस्थित आन्दोलनलाई उत्तेजनात्मक ढंगले अगाडि बढाउँदै फरार रहेका प्रसाईँ हिजो भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका