जोडिनुहोस
  • होमपेज
  • सुरक्षा चुनौती बढ्दो, सेनालाई सक्षम बनाउनुपर्छ: प्रधानमन्त्री

सुरक्षा चुनौती बढ्दो, सेनालाई सक्षम बनाउनुपर्छ: प्रधानमन्त्री

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता रहेको बताएका छन्। उनले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज प्रदर्शन निरीक्षण गर्दै यस्तो बताएका हुन्।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति अपरिहार्य रहेको बताए।

उनले राष्ट्रिय सुरक्षाका साथै विपद् जोखिम न्यूनीकरण र शान्ति सेनाका माध्यमबाट नेपाली सेनाले पुर्‍याएको योगदानको सराहना गरे। त्यस अवसरमा प्रधानमन्त्री ओलीले उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कारस्वरुप खुकुरी प्रदान गरेका थिए।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता थियो।

धेरै टिप्पणी गरिएका