जोडिनुहोस
  • होमपेज
  • ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाएर जवाफ माग गर्न प्रस्ताव, इतिहासमै दुर्लभ घटना हुने सम्भावना

ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाएर जवाफ माग गर्न प्रस्ताव, इतिहासमै दुर्लभ घटना हुने सम्भावना

काठमाडौं। नेपालको संसदीय इतिहासमा अभूतपूर्व प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाएर जवाफ माग गर्न प्रस्ताव गरेका छन्। यो प्रस्ताव चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनासँग सम्बन्धित छ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद परियारले ज्ञानेन्द्र शाहलाई बोलाएर उक्त घटनाबारे जवाफ माग गर्न प्रस्ताव गरेका हुन्। उक्त प्रस्तावलाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले समेत समर्थन गरेका छन्।

यदि यो प्रस्ताव पारित भई पूर्वराजा शाहलाई संसदीय समितिमा उपस्थित गराएर जवाफ माग गरिएमा, यो नेपाली राजनीतिक इतिहासमा पहिलो र दुर्लभ घटना हुने विश्लेषकहरूको भनाई छ।

धेरै टिप्पणी गरिएका