
दाङ : २०७६ साल कात्तिक १५ गते दाङको बंगलाचुली गाउँपालिकाले १५ श्ययाको अस्पताल प्रदेशभरका पालिका मध्य पहिला सञ्चालन गरेकोे थियो। तर, संचालन भएको करिब ६ बर्ष हुँदा पनि भने जस्तो सेवासुविधा दिन सकेको छैन। बाहिर बोर्डमा अस्पताल नाम रहेता पनि भित्र स्वास्थ्य चौकी कै सेवा दिइरहेको छ। अस्पतालमा सिएमए पदमा कार्यरत धन बहादुर पुनले भवनमा अस्पताल नाम लेखिएको भएयता पनि सेवा स्वास्थ्य चौकीको जस्तै रहेको बताए।
स्थानीय तहको मातहतमा यो अस्पताल संचालन गर्ने भए यता पनि स्थानीय तह नै संघ र प्रदेश सरकार मुख ताकेर बस्नु परेको अवस्थामा भने जस्तो सेवा दिन नसकेको उनले बताए। स्थानीय तहहरू आर्थिक रुपमा आत्मनिर्भर भएर अस्पतालको लागि बजेट पर्याप्त मात्रामा दिएपछि मात्र अस्पताललाई अस्पतालको रुपमा संचालन गर्न सकिने उनको भनाइ छ।
उनका अनुसार १५ श्ययाको आधारभूत अस्पताल संचालन गर्नको लागि भौतिक संरचनाहरू राम्रो भए यता पनि जनशक्ति लगायतको समस्या रहेको छ । यस्तै उनले बाहिर बंगलाचुली अस्पताल लेखेको भए यता पनि संघीय सरकारले अहिले यसलाई काभ्रे स्वास्थ्य चौकीका रुपमा चिन्ने गरेको बताए। अहिले अस्पतालमा एक्सरे, ल्याब सबै रहेको भन्दै उनले तर पनि स्वास्थ्य चौकीका रुपमा संचालन गरिरहेको बताए।
कार्यालय सहयोगीदेखि स्थायी र करार गरेर अहिले २० जना कर्मचारीहरू रहेको उनको भनाइ छ। अस्पतालमा २ जना डाक्टरहरू रहेकोमा एक जना सरुवा भएर गएको र अहिले एक जना मात्र कार्यरत रहेको उनले बताए। अहिले सामान्य उपचार सेवा दिँदै आइरहेको भन्दै उनले यहाँ उपचार सम्भव नभए सामान्य उपचारपछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरेको बताए।
स्थानीय तहमा रहेको १५ श्ययाका अस्पतालहरूको केन्द्र सरकारले नै व्यवस्थापन गर्नु पर्ने गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका लुम्बिनी प्रदेशका कोषाध्यक्ष तुल्सीराम पुन मगरले बताए। यस अस्पतालको १५ श्ययाको ओएनएम सर्वे केन्द्र सरकारले भन्दै उनले त्यो सर्वे नमिलेको समेत बताए। सर्वे अनुसार यो १५ श्ययाको अस्पताल संचालन गर्न झण्डै ३५ जना कर्मचारीहरू आवश्यक पर्ने भन्दै त्यो स्थानीय सरकारले थेग्न नसक्ने समेत बताए।
उनका अनुसार अस्पताल व्यवस्थापन, संचालन र रेखदेखको काम स्थानीय सरकारले गर्न सक्छ। डाक्टर तथा कर्मचारीको तलबको काम संघीय सरकारले लिनु पर्ने उनले बताए। अहिले पनि केही स्थानीय तहहरूले आफै डाक्टरको व्यवस्था गरेर अस्पताल संचालन गरेको र केहिले संचालन गर्न नसकेको अवस्था रहेको समेत उनले बताए।
यस्तै उनले स्थानीय तहमा जुन १५ श्ययाको अस्पताल संचालन गर्ने अवधारण रहेको छ, यसलाई व्यवस्थित गरेर संचालन गर्न दरबन्दी र तलब संघीय सरकारले संचालन र रेखदेख स्थानीय सरकारले गरे मात्र अस्पताल संचालन गर्न सहज हुने उनको भनाइ छ।






































