जोडिनुहोस
  • होमपेज
  • नेपाली यू-१९ क्रिकेटका तीन खेलाडीले भारतमा एक महिने प्रशिक्षण लिने

नेपाली यू-१९ क्रिकेटका तीन खेलाडीले भारतमा एक महिने प्रशिक्षण लिने

काठमाडौँ— भारतीय दूतावास, काठमाडौंले नेपाली युवाहरूका लागि सुरु गरेको राजदूत क्रिकेट फेलोशिप कार्यक्रमअन्तर्गत तीन जना नेपाली यू–१९ क्रिकेट खेलाडी भारतको भोपालमा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

नरेन भट्ट, साहिल पटेल र पूजा महतोले १५ जुलाईदेखि १४ अगस्ट २०२५ सम्म भारतको एल।बी। शास्त्री क्रिकेट शालामा पेशागत क्रिकेट प्रशिक्षण लिनेछन् ।

नरेनले नेपाली यू–१९ क्रिकेट टोलीको कप्तानी गरिसकेका छन् भने पूजा महतोको कप्तानीमा नेपाली महिला टोलीले पहिलोपटक यू–१९ टी–२० विश्वकप खेलेको थियो । साहिल पनि यू–१९ क्रिकेट टोलीको सदस्य थिए ।

नेपाली क्रिकेट प्रतिभाको विकास तथा नेपाल–भारतबीचको जनस्तरीय सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित भारतीय दूतावासले यो कार्यक्रम ल्याएको हो ।

खेलाडीहरूलाई बिदाइ गर्न आज भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा भेटघाट तथा अन्तरक्रिया गरेका थिए । सो अवसरमा राजदूत श्रीवास्तवले खेलमार्फत दुई देशबीचको मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गर्दै तीनै खेलाडीलाई सफल प्रशिक्षणका लागि शुभकामना दिएका थिए ।

यस प्रकारको अन्तर्राष्ट्रिय एक्सपोजरबाट खेलाडीहरूको सीपमा उल्लेखनीय सुधार हुने र नेपाली क्रिकेटको उज्वल भविष्य निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options