जोडिनुहोस
  • होमपेज
  • ३९ घण्टाको म्याराथन बैठकपछि १०१ पृष्ठको ‘कुलिङ पिरियड’ छानबिन प्रतिवेदन, दोषीमाथि कारबाही खोई ?

३९ घण्टाको म्याराथन बैठकपछि १०१ पृष्ठको ‘कुलिङ पिरियड’ छानबिन प्रतिवेदन, दोषीमाथि कारबाही खोई ?

काठमाडौं । ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीको छानबिन गर्न बनेको संसदीय समितिले ३९ घण्टासम्मको लगातार बैठकपछि अन्ततः १०१ पृष्ठको प्रतिवेदन तयार गरेको छ। सत्ता र प्रतिपक्ष दुवै पक्षका सातै सदस्यको हस्ताक्षरसहित तयार भएको प्रतिवेदन २० साउन बिहान सवा ४ बजे टुंगो लागेको हो।

प्रतिवेदन तयार गर्ने यो प्रक्रिया १८ साउन आइतबार बिहानै सुरु भएको थियो। बिहान ७ बजे संविधानविद् काशिराज दाहाल र समितिका कर्मचारीहरू बैठकस्थल पुगेका थिए। ७:४५ बजेसम्म सबै सदस्यहरू उपस्थित भएपछि सभापति जीवन परियारको कार्यकक्षमा प्रारम्भिक छलफल भयो। दोषीको किटान र प्रतिवेदनको निष्कर्ष तथा सुझावका भाषालाई लिएर प्रारम्भमै पेचिलो बहस भएको स्रोतले बतायो।

बैठकमा नोकझोक, हाँसी–मजाक, र सहकार्य सबै देखियो। निष्कर्षमा पुग्न सैद्धान्तिक विषयहरू टुंग्याएपछि मात्र दोषी पहिचान र कारबाहीका सिफारिसबारे सहमति भयो।

बैठकका बीचमा खानपानको व्यवस्था पनि विशेष रह्यो। बिहानको ब्रेकफास्टमा चना, अण्डा, दूध, कर्नफ्लेक्स र मौसमी फलफूल (स्याउ, मेवा, खरबुजा, केरा) दिइएको थियो। १९ साउनमा पनि यही मेन्यु दोहोरियो।

दुई दिनसम्म निरन्तर चलेको छलफलपछि तयार भएको प्रतिवेदन प्रतिनिधिसभाको २० साउनको दिउँसोको बैठकमा पेस गरिएको छ। यसले दोषी पहिचानसँगै आवश्यक कानुनी र प्रक्रियागत सुधारका सुझावसमेत समेटेको बताइन्छ। तर अहिलेसम्म सो विषयका दोषीमाथि भने कारबाही चलाइएको छैन् । प्रतिवेदनले समितिका सभापति रामहरि खतिवडाले नै कारबाहीको जिम्मेवारी बहन गर्नुपर्ने बताए पनि अहिलेसम्म सभापति खतिवडाले पदबाट राजीनामा समेत दिएका छैनन् । उनलाई कारबाही गर्न संघीय संसदमा बारम्बार आवाज उठ्छ तर कार्यान्वयन भने हुँदैन् । खतिवडालाई कारबाही नगरेपछि कांग्रेसभित्र पनि विवाद उत्पन्न सुरु भइसकेको छ । कांग्रेसले उनलाई बारबाही नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सो प्रकरणमा मुछिएका खतिवडा भने सत्ताको खेलमा आफूले कुनै पनि हालतमा पदबाट राजीनामा नदिएको भन्दै प्रचारबाजीमा लागेका छन् । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा विवादित मन्त्रीलाई हटाउने तयार गरिरहेका छन् तर कांग्रेस सभापति देउवाले अहिले उनीहरुको बचाउ गर्दै आएका छन् ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका