जोडिनुहोस
  • होमपेज
  • भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPAN) को पहिलो कार्यक्रमका लागि अभिमुखीकरण सम्पन्न

भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPAN) को पहिलो कार्यक्रमका लागि अभिमुखीकरण सम्पन्न

काठमाडौं, कात्तिक २५ – काठमाडौंस्थित भारतीय राजदूतावासले भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPAN) को पहिलो संस्करणसम्बन्धी अभिमुखीकरण सत्र सन् २०२५ नोभेम्बर ४ गते आयोजना गरेको छ।

यो पहल भारत र नेपालको स्टार्टअप इकोसिस्टमबीचको सहकार्य र अन्तरक्रियालाई सुदृढ बनाउने उद्देश्यले ल्याइएको हो। पहिलो पटक आयोजना हुन लागेको IN-SPAN कार्यक्रम सन् २०२५ डिसेम्बरमा भारतको चेन्नईस्थित आईआईटी मद्रासमा सुरु हुने तालिका छ।

कार्यक्रमअन्तर्गत नेपालका नवप्रवर्तक र उद्यमीहरूको लागि आईआईटी मद्रास प्रवर्तकसँग सहकार्यमा ८ हप्ते पूर्ण रूपमा खर्च वहन गरिएको (फुल्ली फण्डेड) तालिम तथा नवप्रवर्तन कार्यक्रम सञ्चालन हुनेछ। उक्त मोड्युलमा सहभागीहरूलाई तालिम, परामर्श, र इन्टर्नशिपका अवसर प्रदान गरिनेछ।

आईआईटी मद्रास प्रवर्तक भारतकै अग्रणी इन्क्यूबेटरमध्ये एक हो जसले हालसम्म ४६ वटा स्टार्टअप इन्क्यूबेट गरिसकेको छ, जसमध्ये १४ वटाले आफ्नो प्रविधि सफलतापूर्वक व्यावसायीकरण गरिसकेका छन्।

अभिमुखीकरण सत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव श्रीमती राधिका अर्याल प्रमुख अतिथिको रूपमा उपस्थित रहिन्। उनले आफ्नो सम्बोधनमा भारत–नेपाल सहकार्यलाई नयाँ ऊर्जाका साथ अघि बढाउने यस्तो पहल प्रशंसनीय रहेको बताइन्।

दूतावास परिसरमा आयोजित कार्यक्रममा विभिन्न स्टार्टअप कम्पनीका प्रतिनिधि, सरकारी निकाय, वाणिज्य संघ, रोबोटिक्स एसोसिएसन अफ नेपाल, NAS IT, Fintech Alliance, AI Association of Nepal तथा विभिन्न शैक्षिक संस्थाबाट करिब १०० जना सहभागी थिए।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका करिब ६० जना विद्यार्थीहरू भर्चुअल माध्यमबाट सहभागी भए।

कार्यक्रममा आईआईटी मद्रासका प्रो. गौरव रैना, प्रमुख वैज्ञानिक तथा सेन्टर फर ह्युमन सेन्ट्रिक एआईका प्रमुखले अनलाइन प्रस्तुति दिँदै आईआईटी मद्रास र IITM प्रवर्तकको नवप्रवर्तन इकोसिस्टमबारे जानकारी दिए।

यसअघि सोही दिन पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि यस्तै अभिमुखीकरण सत्र आयोजना गरिएको थियो, जसमा करिब ७० विद्यार्थी सहभागी भएका थिए।

IN-SPAN कार्यक्रमका लागि आवेदन प्रक्रिया हाल खुला छ। सन् २०२५ नोभेम्बर १५ सम्म इच्छुक उद्यमीहरूले https://shorturl.at/Au8zh मा गएर अनलाइन आवेदन दिन सक्नेछन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका