जोडिनुहोस
  • होमपेज
  • सत्ताको पहुँचमा झापा प्रहरी प्रमुखको जिम्मेवारी एसपी लिम्बुलाई !

सत्ताको पहुँचमा झापा प्रहरी प्रमुखको जिम्मेवारी एसपी लिम्बुलाई !

पुजन घिमिरे

झापा । विवादित छबीका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बु झापा आएका छन् । उनी चितवनबाट सरुवा भएर झापा आएका हुन् । जिल्ला प्रहरी कार्यालय झापा प्रहरी प्रमुखको रूपमा सरुवा भएका लिम्बु राजनीतिक पहुँचकै कारण प्रहरीको सरुवा मापदण्ड समेत मिचेर झापा आएका हुन् ।

सरुवा प्रक्रिया सामान्य प्रशासनिक निर्णय भए पनि, लिम्बुको सरुवा राजनीतिक पहुँचको प्रभावमा भएको भन्ने आरोपहरू उठेका छन् । समान्यतः प्रहरीमा इञ्चार्जदेखि इञ्चार्ज पठाउने प्रचलन छैन । तर, राजनीतिक पहुँचका कारण उनका लागि मापदण्ड उल्लंघन गरिएको हो ।

नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो कार्यकालमा प्रधानमन्त्री रहेका बेला व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) का रूपमा कार्यरत थिए। यस कारण, उनीमाथि एमाले निकटता र राजनीतिक संरक्षणको आरोप लाग्दै आएको छ।

वि.सं. २०७४ सालमा लिम्बु दमकमा प्रहरी नायब उपरीक्षक (डीएसपी) का रूपमा कार्यरत थिए। त्यसबेला स्थानीय तहको ननिर्वाचनमा एमाले उम्मेदवार रोमनाथ ओलीलाई सहयोग गरेको आरोप उनीमाथि लागेको थियो। उनलाई अन्य उम्मेदवार मौन अवधिमा पैसा बाँड्ने एमाले कार्यकर्तालाई सहयोग गरेको आरोप लगाएका थिए । त्यसबेला मतगणना गर्न स्थलमा प्रवेश गर्नसमेत अन्य उम्मेदवारले अवरोध गरेका थिए ।

यस्तै, २०८० सालको भदौ महिनामा ताप्लेजुङ जिल्ला प्रहरी प्रमुखका हुँदा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामसँग उनको विवाद भएको थियो। सांसद हाङगामसँग विवाद भएको थियो । यस घटनापछि कांग्रेस नेताहरू लिम्बुसँग असन्तुष्ट भएका थिए।

२०८१ कात्तिकमा लिम्बुलाई मोरङ जिल्ला प्रहरी प्रमुखको रूपमा काज सरुवा गरिएको थियो। तर, कांग्रेस नेताहरूको असहमति र दबाबका कारण तीन दिनमै उनको काज रद्द गरिएको थियो। कांग्रेस नेताहरूले लिम्बुको एमाले निकटता र अतीतका विवादहरूलाई कारण देखाउँदै असन्तुष्टि जनाएका थिए। त्यसपछि उनलई चितवन पठाइएको थियो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीको सरुवा भएको छ । उनको अपराध अनुसन्धान शाखा काठमाडौमा सरुवा भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका