जोडिनुहोस
  • होमपेज
  • नेपाल चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा

नेपाल चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा

काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा पुगेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा शनिबार (अप्रिल १२) घरेलु सिटम हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो ।

टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो ।वर्षा नरोकिएपछि दुवै टिमले समान एक/एक अंक पाए । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका