जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य एकैदिन तोलामा ३ हजार ७ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार?

सुनको मूल्य एकैदिन तोलामा ३ हजार ७ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं- सुनको मूल्य ३ दिनयता लगातार घट्न थालेको छ। सोमबार एकैदिन तोलामा ३ हजार ७ सय रुपैयाँले घटेको छ।

सोमबार कारोबार मूल्य प्रति तोला १ लाख ८६ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको पहिलो दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेर प्रति तोला १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँ घटेको छ। सोमबार चाँदी प्रति तोला १ हजार ९६० रुपैयाँ छ।

आइतबार चाँदी प्रति तोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदी प्रति तोला १ हजार ९ सय ६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ३२७८.६१ डलरमा आइपुगेको छ। आइतबार सुन प्रति औंस ३३२६.१५ डलर  थियो।

चाँदीमा सामान्य गिरावट छ। सोमबार चाँदी प्रति औंस ३२.९ डलर छ। आइतबार चाँदी प्रति औंस ३२.७३ डलर थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help