जोडिनुहोस
  • होमपेज
  • जडिबुटी–पेप्सीकोला सडक छेउछाउका अवैध संरचना हटाउन ३५ दिनको अल्टिमेटम

जडिबुटी–पेप्सीकोला सडक छेउछाउका अवैध संरचना हटाउन ३५ दिनको अल्टिमेटम

काठमाण्डु– काठमाण्डुको जडिबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५–१५ मिटरभित्रका संरचना खाली गराउन ३५ दिनको अल्टिमेटम दिइएको छ ।

सडक विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त सूचना निकाल्दै सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिना र नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू आफैँ भत्काउन/हटाउन ३५ दिनको अल्टिमेटम दिएको हो ।

सोमबार प्रकाशित सूचनामा भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८ मंसिर १८ गते राजपत्रमा प्रकाशित सूचना अनुसार जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५ र १५ मिटर सडकको सीमा (Right of Way) कायम रहेको साथै नेपाल सरकार र स्थानीय सरकारका निकायबाट यही वैशाख १० गते संयुक्त रूपमा सीमाङ्कन चिनो लगाइएको उल्लेख छ ।

तोकिएको म्यादभित्र अनधिकृत संरचना नहटाए सार्वजनिक सडक ऐन, स्थानीय सरकार सञ्चालन ऐन र भवन निर्माणसम्बन्धी मापदण्डअनुसार कारवाही गरिने सूचनामा जनाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14