जोडिनुहोस
  • होमपेज
  • पौवादुङमामा ‘एक घर-एक एक फलफूल बगैँचा’ कार्यक्रम

पौवादुङमामा ‘एक घर-एक एक फलफूल बगैँचा’ कार्यक्रम

भोजपुर :  पौवादुङमा गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्ने भएको छ। कृषकलाई फलफूलको माध्यमबाट आयआर्जनमा जोड्न गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्न लागेको हो।

फलफूलका खेती लागि उपयुक्त भूगोललाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। बजेट नै व्यवस्थापन गरिएकाले आगामी आर्थिक वर्षबाट कार्यक्रम सञ्चालन हुने अध्यक्ष राईले बताए। यो कार्यक्रममार्फत  किसानलाई मागको आधारमा भूगोलअनुसारको बिरुवा वितरण गरिने अध्यक्ष राईको भनाइ छ।

‘हामीले एक घर एक फलफूल बगैँचाको कार्यक्रम सञ्चालनको तयारी गरेका छौँ’, अध्यक्ष राईले भने, ‘यसको मुख्य उद्देश्य किसानलाई फलफूल खेतीको माध्यमबाट आयआर्जनमा जोड्ने हो। किसानलाई उनीहरूको मागको आधारमा बिरुवा वितरण गर्छौँ। किसानले बिरुवा माग गरेपछि जमिन र भूगोलको अनुगमन गरेर प्राविधिकले  ठिक छ भनेपछि मात्र बिरुवा वितरण हुन्छ।’

गाउँपालिकाले यसअघि थालेको अकबरे खुर्सानी खेतीको कार्यक्रम किसानको लागि लाभदायक बनेपछि आगामी वर्षको लागि व्यावसायिक फलफूल खेतीको कार्यक्रम अघि बढाएको अध्यक्ष राईको भनाइ छ। गत वर्ष अकबरे (डल्ले) खुर्सानीबाट गाउँपालिकामा १८ करोड बराबर रकम भित्रिएको उनको भनाइ छ।

गाउँपालिकामा फलफूल खेतीको अधिकांश उपयुक्त भूगोल रहेकोले यो कार्यक्रम सञ्चालनको तयारी गरिएको अध्यक्ष राईले बताए।

धेरै टिप्पणी गरिएका