जोडिनुहोस
  • होमपेज
  • बर्खामै कालीगण्डकी नदी दोहन, नियम बेवास्ता

बर्खामै कालीगण्डकी नदी दोहन, नियम बेवास्ता

गलकोट (बागलुङ)। असारदेखि भदौ १५ सम्म नदीजन्य पदार्थ उत्खनन रोक्ने कानुनी व्यवस्था भए पनि बागलुङ र पर्वत हुँदै बग्ने कालीगण्डकी नदीमा अवैध रूपमा बालुवा, गिटी र ढुङ्गा उत्खनन भइरहेको छ।

स्थानीयको अनुसार क्रसर व्यवसायीले राति स्काभेटर र टिपर प्रयोग गरेर सहस्रधारा, भाटेखोला, दब्ल्याङ, खनियाघाट लगायत स्थानबाट दोहन गर्दै नदी किनारमा भण्डारण गरेका छन्। कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरीले यो गतिविधिले शालग्राम शिला र नदी सभ्यतालाई खतरा पुर्‍याइरहेको बताए।

गिरीले प्रहरी र स्थानीय तहको मौनताले दोहनलाई प्रश्रय दिइरहेको आरोप लगाउँदै नदी संरक्षणको सूचीमा कालीगण्डकीलाई राख्न आग्रह गरे। दोहनका कारण माझी बस्ती, मालढुङ्गा र कालाखोला बगर क्षेत्रका घरहरू बाढी जोखिममा परेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले दोहन रोक्न नसकेको स्वीकार गर्दै सादा पोशाकमा प्रहरी परिचालन गर्ने नयाँ योजना रहेको जानकारी दिए।

धेरै टिप्पणी गरिएका