
काठमाडौँ।नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने निर्णय गरेको छ।
महाप्रबन्धक हंसराज पाण्डेका अनुसार भिजिटर पासका लागि भनसुन र पहुँच नपाउने व्यक्तिको गुनासो आएपछि साउन २७ गतेदेखि भिजिटर पास वितरण रोकिएको हो।
विमानस्थलले वृद्धवृद्धा, शारीरिक असक्षम, गर्भवती र नाबालक यात्रुका लागि सहायता कक्ष व्यवस्था गरेको छ। ह्विलचेयर लगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीले सहयोग गर्दै आएको महाप्रबन्धकले जानकारी दिए।
साथै, सामान ‘चेक–इन’ सङ्ख्या र तौलको सीमा हवाई टिकटमा उल्लेख भएकोले त्यसको पालना गर्न यात्रुलाई अनुरोध गरिएको छ।





































