जोडिनुहोस
  • होमपेज
  • झापामा शल्यक्रियाबाट प्रसूति हुनेको संख्या उच्च

झापामा शल्यक्रियाबाट प्रसूति हुनेको संख्या उच्च

बनियानी (झापा)। झापामा पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको छ। आर्थिक वर्ष २०७८/७९ मा ७०.५ प्रतिशत र २०७९/८० मा ६८.७ प्रतिशत महिलाले शल्यक्रियाबाट प्रसूति गरेको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिए।

चिकित्सकहरूले स्वास्थ्यमा जटिलता नआएसम्म शल्यक्रिया उपयुक्त नहुने बताउँछन्। तर, प्रस्रव पीडा सहन नसक्नु, जीवनशैली, ढिलो विवाहजस्ता कारणले शल्यक्रियाको संख्या बढेको न्यौपानेको भनाइ छ। निजी अस्पतालमा शल्यक्रियाको दर बढी छ भने सरकारी अस्पतालमा तुलनात्मक रूपमा कम छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) अनुसार कुल प्रसूति मध्ये १०–१५ प्रतिशत शल्यक्रियाबाट हुनु सामान्य मानिन्छ। तर अहिले महिलाहरू आफैँ इच्छाले शल्यक्रियाबाट जन्म दिन चाहन्छन्।

नर्मल डेलिभरीबाट जन्मिएको शिशु छिटो बाहिरी वातावरणमा घुलमिल हुने हुँदा स्वास्थ्यका दृष्टिले पनि राम्रो हुन्छ भने शल्यक्रियाबाट जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएमा एनआईसीयूमा राख्नुपर्ने अवस्था आउँछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14