जोडिनुहोस
  • होमपेज
  • बम रहेको सूचनापछि एयर इन्डियाको विमान थाइल्यान्डमा आपत्‌कालीन अवतरण

बम रहेको सूचनापछि एयर इन्डियाको विमान थाइल्यान्डमा आपत्‌कालीन अवतरण

शुक्रबार थाइल्यान्डमा एयर इन्डियाको एउटा विमान आपत्‌कालीन अवतरण गरिएको छ।

शुक्रबार बिहान थाइल्यान्डको फुकेटबाट दिल्लीका लागि उडेको विमानमा बम रहेको जानकारी आएपछि उतै आपत्‌कालीन अवतरण गर्नुपरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार १५६ जना सवार उडान नम्बर एआई–३७९ विमान शुक्रबार बिहान ९ः३० बजेको आपत्‌कालीन अवतरण गरिएको हो।

बमको धम्की कसले किन दियो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। अवतरणलगत्तै सबै यात्रुलाई ओरालिएको थियो।

बिहीबार मात्र एयर इन्डियाकै विमान भारतकै अहमदाबादमा दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help