जोडिनुहोस
  • होमपेज
  • स्पेनमा मान्छे छाडेर आयो भन्ने हल्ला भ्रामक भएको प्रधानमन्त्री ओलीको दाबी

स्पेनमा मान्छे छाडेर आयो भन्ने हल्ला भ्रामक भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको स्पेन भ्रमणलाई लिएर फैलाइएका हल्लालाई झुटो र घटिया प्रचार भन्दै त्यसप्रति कडा असन्तोष व्यक्त गरेका छन्। आइतबार दमकमा मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन समारोहमा बोल्दै उनले आफ्नो भ्रमणलाई बदनाम गर्न नियोजित रूपमा अफवाह फैलाइएको दाबी गरे।

अरू केही नभेटेपछि अब स्पेनमा मान्छे छाडेर आयो भन्ने हल्ला बनाइएको छ, ओलीले भने, यस्ता कुराले मलाई विचलित पार्दैनन्, मेरो ध्यान विकास निर्माणमै केन्द्रित छ। ओलीले उद्घाटन गरेको उक्त सडक आयोजना विश्व बैंकको सहयोगमा बनेको हो र देशभरका १७ उत्कृष्ट सडकमध्ये एक मानिन्छ। झन्डै ४४ करोड रुपैयाँ लागतमा सम्पन्न ४.८६ किमि लम्बाइको यो सडकलाई उनले नमुना आयोजनाको संज्ञा दिए।

प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा भव्य रङ्गशाला बनाउने घोषणा पनि गरे, साथै एसईई नतिजामा १३ प्रतिशत सुधार आएको उल्लेख गर्दै निःशुल्क अनलाइन कक्षाले शिक्षामा सकारात्मक प्रभाव पारेको बताए। कार्यक्रममा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, र अन्य राजनीतिक नेताहरूको उपस्थिति थियो। ओलीको भनाइले देखाउँछ—उनको प्राथमिकता आलोचनालाई होइन, मेची–महाकाली विकास यात्रालाई निरन्तरता दिनु हो।

रास्वपा सांसदहरुले सो विषयमा आफूहरुसँग प्रयाप्त प्रमाण भएको भन्दै सो घटनामा निपक्ष छानबिनको माग राख्ै संसदमा आवाज उठाइरहेका छन् । यस्तै विभिन्न मिडिायले सो विषयमा प्रयाप्त कागजातहरुमसेत भएको समाचार प्रकाशित गरिसकेका छन् ।

धेरै टिप्पणी गरिएका