जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • अध्यक्ष पद नछोड्ने प्रधानमन्त्रीको दाबी : ओलीविनाको एमाले चाहनु प्रतिक्रियावादी सोच्

अध्यक्ष पद नछोड्ने प्रधानमन्त्रीको दाबी : ओलीविनाको एमाले चाहनु प्रतिक्रियावादी सोच्

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र वा बाहिरबाट आफ्नो नेतृत्व हटाउने षड्यन्त्र सफल नहुने दाबी गरेका छन्। झापामा आइतबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले केपी ओलीविनाको एमालेको कल्पना प्रतिक्रियावादीहरूको असफल सपना मात्र हुने बताए।

ओलीले विगतमा पार्टी विभाजन गराउने स्वार्थी नेताहरूले लाभ लिने उद्देश्यले षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताको विश्वासले पार्टी बलियो बनेको दाबी गरे। “एमालेलाई सानो स्वार्थ बोक्ने पार्टी सम्झिनु भूल हो,” उनले भने, “यो देश निर्माणका लागि बलिदानबाट बनेको पार्टी हो।”

ओलीले आफू र एमालेले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै प्रतिपक्षी पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई लक्षित गर्दै कटाक्ष गरे। “हामी सहकारी ठगी गरेर मुद्दा खेप्ने पार्टी होइनौं,” उनले भने। प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा थालिएका विभिन्न परियोजनाहरू—जस्तै फलामखानी उत्खनन, पेट्रोलियम अन्वेषण, सुरुङमार्ग निर्माण—को उल्लेख गर्दै विकासका कामको प्रभाव देखिन थालेको बताए।

उनले नेपालको अन्तर्राष्ट्रिय छविमा सुधार आएको उल्लेख गर्दै हालैको स्पेन भ्रमणबारे भइरहेको आलोचनालाई खण्डन गरे। “वाईसीएल प्रयोग गरेर भ्रमणमा मान्छे पठाएको भन्ने झुटो प्रचार असफल हुनेछ,” उनले स्पष्ट पारे।

ओलीको सम्बोधनले एमाले नेतृत्वको निरन्तरताप्रति दृढता प्रकट गरेको छ भने विपक्षीहरूद्वारा उठाइएका आलोचनालाई कडा रूपमा प्रतिवाद गरेको छ। एमालेभित्रको एकता र बाह्य आलोचना व्यवस्थापन दुवैलाई उनले राजनीतिक मुख्य मुद्दा बनाएका छन्।