जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीमाथि कारबाहीको माग गर्दै अख्तियारमा निवेदन

प्रधानमन्त्रीमाथि कारबाहीको माग गर्दै अख्तियारमा निवेदन

स्पेनमा मानव तस्करीमा संलग्न प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेको छ । युवराज सफल नामका व्यक्तिले अख्तियारमा आइतबार निवेदन दर्ता गरेका हुन् ।

उजुरीमा ईन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स कार्यक्रममा सहभागी भएका १० जना व्यक्तिहरू नेपाल नफर्किएको भन्दै यसको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने उल्लेख छ ।

‘जसरी तत्कालीन कोशी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको मुद्दामा पक्राउ गरी अनुसन्धान गरिएको थियो त्यही नजिरको आधारमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्नु आवश्यक देखिन्छ’, उजुरीकर्ताले भनेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help