जोडिनुहोस
  • होमपेज
  • गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी।अविरल वर्षाका कारण पहिरो र बाढी आएपछि गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टानसहितको ठूलो पहिरो खस्दा करिडोर सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। पानी परिरहेकाले स्काभेटर तयारी अवस्थामा भए पनि तत्काल सडक खोल्न कठिनाइ भएको उनले बताए।

यस्तै, सत्यवती गाउँपालिका–६ डहरे खोलामा पानीको बहाव बढेपछि रिडी–वामीटक्सार सडक पनि बन्द भएको छ। बाढीले सडक अवरुद्ध हुँदा रिडीमार्ग हुँदै बुटवल र बागलुङको बुर्तिबाङ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। गत साता डहरे खोलाले एउटा कार बगाएको थियो।

अवरुद्ध सडक सञ्चालनका लागि प्रहरी टोली खटाइएको छ भने जिल्ला प्रशासन कार्यालयले खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ। बडिगाड खोला र कालीगण्डकी नदीमा पनि पानीको सतह बढ्दो छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका