जोडिनुहोस
  • होमपेज
  • एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल सहभागी नहुने भएका छन् ।

एमालेले उद्घाटन समारोहमा विभिन्न १६ पार्टीका नेताहरूलाई आमन्त्रण गरेको छ । कांग्रेस सभापति देउवा र नेकपाका संयोजक प्रचण्डलाई आमन्त्रण आएपनि उनीहरू नजाने भएका हुन् । संयोजक प्रचण्डले शुक्रबार नै कार्यक्रममा सहभागी हुन नसक्ने भन्दै एमालेलाई भिडियो सन्देश पठाएका थिए ।

कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले देउवा नजाने भएकाले उद्घाटन समारोहमा कांग्रेसको प्रतिनिधित्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नेछन् । एमाले महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित चौरमा हुँदैछ ।

धेरै टिप्पणी गरिएका