जोडिनुहोस
शुक्रबार, फाल्गुन ८, २०८२
शुक्रबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • एमाले महाधिवेशनः १०८ मनोनित प्रतिनिधिमा ओलीको एक्लौटी, बरिष्ठ उपाध्यक्ष पोखरेलको असहमति

एमाले महाधिवेशनः १०८ मनोनित प्रतिनिधिमा ओलीको एक्लौटी, बरिष्ठ उपाध्यक्ष पोखरेलको असहमति

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बसेर अन्तिम रुप दिने सहमतिविपरित संस्थापनले एमाले महाधिवेशन प्रतिनिधि मनोनितमा एकलौटी गरेपछि विवाद भएको छ।

पोखरेलले शनिबार बिहान प्रकाशित १०८ जना प्रतिनिधिको नाममा असहमति जनाएका छन्।

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु भएको छ।

सचिवालय बैठकमा मनोनीत १०८ जना प्रतिनिधिको नामावली पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच छलफल गरेर टुंगो लगाउने सहमति भएको थियो।

सहमति विपरीत आफूलाई जानकारी नदिई एकलौटी ढंगले मनोनीत प्रतिनिधिको सूची सार्वजनिक गरिएको पोखरेलको आरोप छ।

सहमतिको प्रक्रियालाई बेवास्ता गर्दै सूची प्रकाशन गरिनु पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत भएको पोखरेलको टिप्पणी छ।

धेरै टिप्पणी गरिएका