जोडिनुहोस
  • होमपेज
  • महोत्तरीमा आम्दानीको माध्यम बन्दै सुर्तीखेती

महोत्तरीमा आम्दानीको माध्यम बन्दै सुर्तीखेती

जलेश्वर। कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरू नगदे बाली सुर्ती खेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् ।

बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर व्यावसायिक रुपमा सुर्ती खेती गर्न थालेका छन् ।

सुर्तीखेतीमा रमाएका किसान रामजीवन साह मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका–६ धेरैजसो किसानले सुर्ती खेती गरेका बताउँछन्।

गाउँका ४० प्रतिशत खेतबारीमा सुर्ती खेती हुने गरेको उनले बताए। उनका अनुसार उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्ती खेती भएको छ । उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीमा व्यस्त छन् ।

एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएका वाल साहले यहाँका किसान व्यावसायिक रुपमा सुर्ती खेती गर्न थालेको बताए। उनका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको रु एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ ।

यहाँको सुर्ती बिडी र चुरोट बनाउन भारतका व्यापारीले किन्ने गरेका छन् । एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम रु दुई लाख आम्दानी गर्न सकिने भन्दै अर्का किसान मोहन मण्डलले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Desi : Latest News, Movies And Pictures On Desi