जोडिनुहोस
  • होमपेज
  • विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित गर्छौंः महासचिव पोखरेल

विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित गर्छौंः महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् ।

शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्ने हिसावले ल्याएको बताए ।

उनले अध्यादेशको बिरोध भयो भनेर कोशिस असफल नहुने बताए । उनले दुई प्रमुख राजनीतिक दलहरुले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरु रहेको बताए ।

विकल्प प्रयोग गरेर भएपनि अध्यादेशलाई राज्यको कानुनमा ढाल्ने बताए। अध्यादेश आफैँमा कानुन भएको बताए । कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने बताए ।

महासचिव पोखरेलले सरकारले आइसिटी बाहेक अरु कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics