जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • असार १५ सम्म शिक्षा ऐन पारित गर्ने सरकारको तयारी

असार १५ सम्म शिक्षा ऐन पारित गर्ने सरकारको तयारी

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधिसभाबाट पारित गर्ने प्रयत्न भइरहेको बताएका छन् ।

शनिबार आयोजित सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले असार १५ गतेसम्म ऐन पारित गर्ने गरी सरकार अघि बढिरहेको बताएका हुन् । ‘असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी ऐनलाई हामीले प्रतिनिधिसभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो प्रयत्न छ,’ शिक्षामन्त्री पन्तले भने । शिक्षामन्त्री पन्तले १२ कक्षा पास हुने बित्तिकै विद्यार्थीलाई देश बाहिर पठाउनु नहुनेमा पनि जोड दिए ।

‘साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, प्लस टु पास गरेको विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु हुँदैन,’ पन्तले भने ।

कतिपय कन्सलटेन्सीहरूले १० देखि १५ लाख रुपैयाँ लिएर कोरिया जानासाथ लाख रुपैयाँको जागिर पाइन्छ भनेर विद्यार्थी पठाउने गरेको भन्दै उनले आपत्ति जनाए ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК