जोडिनुहोस

हालको खबर

Jogos Online & Apostas 2025
  • ४४ seconds अगाडि
Paypal Casino Metodo criancice Cação abicar Casino Online
  • १ मिनेटute अगाडि
Angâstia Promoções aquele Códigos em Portugal
  • ६ मिनेटutes अगाडि
HeroSpin Casino Análise honesta esfogíteado Casino Guru
  • ६ मिनेटutes अगाडि
  • होमपेज
  • यूएईमा पाँच महिनामा १५० भन्दा बढी नेपाली कामदारको मृत्यु

यूएईमा पाँच महिनामा १५० भन्दा बढी नेपाली कामदारको मृत्यु

काठमाडौं। बितेको पाँच महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा डेढ सयभन्दा बढी नेपाली कामदारको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म)मा उनीहरूको मृत्यु भएको हो ।

दूतावासले सार्वजनिक गरेको विवरणानुसार, ०८१ साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनामा त्यहाँ १५४ नेपालीको मृत्यु भएको छ । यूएईमा साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५ र मंसिरमा २४ नेपालीको मृत्यु भएको दूतावासको तथ्यांकले देखाउँछ ।

उक्त अवधिमा यूएईमा प्रत्येक महिना औसतमा ३० भन्दा बढी नेपाली कामदारको मृत्यु भएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष त्यहाँ प्रत्येक महिना औसतमा १९ भन्दा बढी नेपालीको मृत्यु भएको थियो ।

सडक, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारण यूएईमा नेपालीले ज्यान गुमाउने गरेका छन् ।