जोडिनुहोस
  • होमपेज
  • सरकार गठनको एक वर्ष पुरा : विकास र सेवाप्रवाहका क्षेत्रमा देखिएको सुधारलाई सरकारको उपलब्धि भएको प्रधानमन्त्रीको दाबी

सरकार गठनको एक वर्ष पुरा : विकास र सेवाप्रवाहका क्षेत्रमा देखिएको सुधारलाई सरकारको उपलब्धि भएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै, पछिल्लो वर्षलाई ‘परिवर्तनको थालनी’ को रुपमा मूल्यांकन गर्नुभएको छ। नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा गठन भएको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले विकास र सेवाप्रवाहका क्षेत्रमा देखिएको सुधारलाई सरकारको उपलब्धि भन्दै उल्लेख गरेका हुन् ।

प्रधानमन्त्रीले विकासका राष्ट्रिय गौरवका आयोजनाहरू समयसीमाभित्र सम्पन्न गर्ने अभ्यास सुरु भएको दाबी गर्नुभएको छ। उनका अनुसार, परियोजनामा काम गर्ने समयरेखा निर्धारण गर्ने र त्यसको मूल्याङ्कन गर्ने चलन विगतमा नदेखिएको भए पनि हाल त्यसको सुरुवात भइसकेको छ। “हामीले टाइमलाइन तोकेर काम गर्ने संस्कार विकास गरिरहेका छौं। नतिजा खोज्ने पद्धतिले अब गति लिन्छ,” प्रधानमन्त्रीको भनाइ थियो।

नागरिक सेवामा प्रवाहमा सरलता ल्याउनेतर्फ पनि सरकारले महत्त्वपूर्ण कदम चालेको प्रधानमन्त्रीको भनाइ छ। “अब सेवा लिन लाइन बस्नुपर्ने समय गइसक्यो, डिजिटल प्रणालीमार्फत अनलाइन सेवा प्रवाह गर्ने अभ्यास तीव्र हुँदैछ,” उनले भने । आर्थिक सूचकांकहरू सकारात्मक देखिएको भन्दै प्रधानमन्त्री ओलीले बाँकी कार्यकालमा अझ धेरै काम गर्नुपर्ने स्पष्ट पारे । “हामीले के गरेका छौं भन्ने कुरा त तथ्यले देखाउँछ, तर गर्नुपर्ने अझ धेरै छन्। सरकारको ध्यान त्यतातिर केन्द्रित छ,” उनले उल्लेख गरे ।

एक वर्षे कार्यकालमा प्रारम्भ भएको नयाँ कार्यशैली, डिजिटल सेवा, समयसीमा–आधारित विकास रणनीति र कानुनी संशोधनलाई प्रधानमन्त्री ओलीले आगामी दिनमा थप मजबुत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

धेरै टिप्पणी गरिएका