जोडिनुहोस
  • होमपेज
  • जेन–जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रधानमन्त्रीको निर्णय

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रधानमन्त्रीको निर्णय

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ ।

आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।

गत मंलगबार र बुधबार भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारी र अन्य पक्षमा गरी देशभर करिब ७२ जनाको मृत्यु भएको मुख्य सचिव अर्यालले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका