जोडिनुहोस
  • होमपेज
  • दाहाल दम्पती र अधिकारी दम्पतीलाई सयपत्री राष्ट्रिय सम्मान

दाहाल दम्पती र अधिकारी दम्पतीलाई सयपत्री राष्ट्रिय सम्मान

काभ्रे । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद् एवं वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाल र श्रीमती चन्दा दाहाल कोइराला, साथै कवि तथा वरिष्ठ चिकित्सक डा. अनन्तप्रसाद अधिकारी र श्रीमती नर्मदा खनाल अधिकारीलाई “सयपत्री राष्ट्रिय सम्मान–२०८२” बाट सम्मान गर्ने घोषणा गरेको छ ।

विगत चार दशकदेखि शिक्षाक्षेत्र र साहित्यिक योगदानमार्फत पु-याएको सेवाको उच्च मूल्याङ्कन गर्दै प्रतिष्ठानले यो सम्मान प्रदान गर्न लागेको अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उक्त सम्मान कार्यक्रम यही कार्तिक १ गते शनिबार बनेपामा आयोजना हुने भएको छ । कार्यक्रमको संयोजन वरिष्ठ साहित्यकार मोहन दुवालले गर्ने छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका