जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेको मुद्दामा जवाफी बहस सकियो, आदेश लेखन सुरु

रवि लामिछानेको मुद्दामा जवाफी बहस सकियो, आदेश लेखन सुरु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको जवाफी बहस सकिएको छ ।

न्यायाधीश माधवकुमार अधिकारीको इजलासमा थुनछेक बहस भएको हो । लामिछानेतर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बुधबार बहस गरे । अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाएका थिए ।

त्यसपछि सरकारी वकिलले जवाफी बहस गरेका थिए । सरकारी वकिलले जवाफी बहस सकाएपछि अहिले आदेश लेखन कार्य सुरु भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14